चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन, हृदयघातको आशंका


३० मंसिर २०७६, सोमबार
keshav

काठमाडौं, ३० मंसिर । चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको आइतबार राति असामयिक रुपमा निधन भएको छ । उनको ५४ बर्षको उमेरमा निधन भएको हो ।

राति करिब साढे १० बजे काठमाडौंको चाबहिलस्थित ओम अस्पताल लैजाँदा लैजादै उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने अस्पतालले जनाएको छ । यद्यपी, उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।

भट्टराईले दर्जनौं चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।

करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराईले केही राम्रा कामको शुरुवात गरेको चलचित्रकर्मीहरु बताउँछन् । चलचित्र विकास बोर्डमा रहेर यस क्षेत्रका लागि केहि गर्छु भन्ने भट्टराईको विश्वास अधुरो बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७