अधिकृतको वैध कमाई पौने दुई करोड, भ्रष्टाचारको कमाई साढे १० करोड !


३० मंसिर २०७६, सोमबार

काठमाडौां, ३० मंसिर । लेखापालबाट सरकारी सेवामा प्रवेश गरी उपसचिब पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउँलान् ? एक करोड, डेढ करोड वा दुई करोड ?

तपाईलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले ३१ बर्षे सेवा अवधिमा साढे १० करोड रुपैंयाँ कमाएका छन् ।
\

तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख ९१ हजार रुपैंयाँ कमाएका हुन् । बस्नेतले तलब भत्ता, टिएडिए, विदेश भ्रमण, पुरस्कार, ओभर टाइम काम गरेर मात्र उक्त रकम कमाएका होइनन् ।

उनको वैध आम्दानी पौने दुई करोड रुपैंयाँ भए पनि पदीय आचरणविपरीत गैरकानुनी रुपमा भ्रष्टाचार गरेर उक्त रकम कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७