प्रजातन्त्र सेनानी नायकको निधन


३० मंसिर २०७६, सोमबार
nayapage

जनकपुरधाम ३० मंसिर । विसं २००७ का प्राजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी बलराम नायकको ८७ वर्षको उमेरमा आज विहान निधन भएको छ ।

पछिल्लो समय उनी धनुषा जिल्लाको सबैला नगरपालिका बस्दै आएको थिए । स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार उनलाई नेपाली काँग्रेसले ‘वरिष्ठ प्रजातन्त्र सेनानी’को उपाधिबाट सम्मान गरेको थियो ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा उनी विसं २०१८ र २०४५ मा जेल परका थिए । । उनी जनकपुरधामको जानकी वृद्धा आश्रमको संस्थापक अध्यक्ष तथा काठमाडौँको सिर्जनात्मक गुठीको सल्लाहकार समेत थिए । उनका दुई छोरा र दुई छोरी रहेको छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७