जनकपुरको दुई ठाउँमा शंकास्पद बस्तु भेटियो, सेनाको डिस्पोजल टोली घटनास्थलमा


३० मंसिर २०७६, सोमबार
nepali sena kobum dispojal toli 1

जनकपुरधाम, २९ मंसिर । जनकपुरधाम उपमहानगरपालिका–९  संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

धनुषामा बम बिस्फोटमा परी तीन जनाको ज्यान गएको घटनाले सर्वसाधारण आतंकित भइरहेको बेला कुकर बम जस्तै देखिने शंकास्पद वस्तु राति फेला परेको हो ।

स्थानीय एक पसलेको पर्खालमा झोलामा राखेर राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

अहिले प्रहरी त्यहाँ घेरा हालेर आवत जावतमा रोक लगाएको छ । कुकर जस्तो देखिएकाले बमकै अशंका गरेर त्यहाँ आवत जावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका ९ देवी चोकदेखि थापा चोक जाने बाटोको छेउमा पनि शंकास्पद वस्तु फेला परेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७