प्रदेश-५ को नाम ‘लुम्बिनी’, राजधानीका लागि तीन ठाउँ विकल्प


३० मंसिर २०७६, सोमबार
pradesh 5 scaled

बुटवल, ३० मंसिर । प्रदेश–५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरिएको छ । स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेको हो ।

समितिका संयोजक दीपेन्द्रकुमार पुनले प्रदेशका १२ वटै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी सिफारिस गरिएको जानकारी दिएका छन् । समितिले प्रदेशको स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको छ ।

प्रदेश–५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको समितिले जनाएको छ । हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा सञ्चालन हुँदै आएको छ ।

‘विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा पेस गरिनेछ,’ संयोजक पुनले सुनाए । राजधानी र नामाकरण संसदको दुई तिहाइ बहुमतले पारित गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७