सुवास नेम्वाङको ब्याटिङमा क्रिकेट एकेडेमीको शुभारम्भ


१७ पुष २०७४, सोमबार
सुवास नेम्वाङको ब्याटिङ4532

काठमाडौँ: नेता नेम्वाङले मदन भण्डारी क्रिकेट एकेडेमीको तीन पटक ब्याटिङ गरेर खेलको शुभारम्भ गरेका छन् ।नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।सुवास नेम्वाङको ब्याटिङ4532

मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौँ स्थापना दिवसका अवसरमा सोमबार मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ समारोहमा उनले राष्ट्रलाई विश्वसामु चिनाउने खेल क्षेत्रको विकास गर्नुपर्छ, जनस्तरबाट भएका पहलमा सहयोग पुर्याउनुपर्छ भने ।

सो एकेडेमीमा नेता नेम्वाङ पहिलो खेलाडी भएको घोषणा गर्दै क्रिकेट पोशाकसमेत एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ एकेडेमीको शुरुआत गरिएको बताए ।
सो अवसरमा हेल्पिङ ह्याण्ड अस्पतालका अध्यक्ष गुप्तबहादुर श्रेष्ठ र एकेडेमीका अध्यक्ष श्रेष्ठले स्वास्थ्यसम्बन्धी सम्झौता गरेका थिए । सम्झौतानुसार खेलाडीलाई उक्त अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिइने छ । कार्यक्रममा क्रिकेट खेलाडीलाई सम्मान गर्नाका साथै विभिन्न सांस्कृतिक प्रस्तुति दिइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७