मिस्टर एण्ड मिस टीन शेर्पाको अडिसन सम्पन्न


३० मंसिर २०७६, सोमबार
miss sherpa123

काठमाडौं, २९ मंसिर । मिस्टर एण्ड मिस टिन शेर्पा २०२० (सिजन – २)को अडिसन शनिबार सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२० को अडिसन राजधानीमा सम्पन्न भएको हो ।

अडिसनमा काठमाडौंसहित सिन्धुपाल्चोक , सोलुखुम्बु , संखुवासभा, भोजपुर , ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट सहभागी अडिसनमा ३५ जना भन्दा बढीले सहभागिता जनाएका आयोजक तथा गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पा जानकारी दिए ।

उनले भनिन्,‘आफ्नो भाषा र संस्कृतिलाई बचाउन तथा शेर्पा समुदायहरुमा लुकेर रहेका नयाँ –नयाँ प्रतिभाहरुलाई बाहिर ल्याउँनका लागि यो कार्यक्रम गरेको हो ।’ यसको फाइनल राउण्ड भने माघ १ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७