टेक्सासको साकेला उधौलीमा धनुवाण प्रतियोगिता (फाेटाेफिचर)


३० मंसिर २०७६, सोमबार
sakela america scaled


टेक्सास (अमेरिका), २६ मंसिर । किरात समुदायको महान चाडको उधौली चाडको अवसरमा अमेरिकाको टेक्सासमा धनुवाण प्रतियोगिता भएको छ ।

किरात राई सोसाइटी अफ अमेरिका टेक्सास च्याप्टरको आयोजनाद्वारा १४ डिसेम्बरमा टेक्सास राज्यको अर्लिटनको लिगेसी पार्कमा भएको साकेला उधौलीमा धनुवाण प्रतियोगिताको भएकाे हो ।

प्रतियोगितामा प्रविण गुरुङ प्रथम भएका छन् । यसैगरी द्धितिय दिलेन्द्र राई, तृतिया माकुहाङ राई र सान्तावाना पुरष्कार अमृत लामा जिेतका छन् ।

कार्यक्रममा स्थानीय व्यापारी रोब एनडरसन र निया हेन्डरसन सहभागी रहेकाे थियाे भने साेसल वर्कर जन पिटरसन र मानिया ब्रारोन लगायतको उपस्थिती रहेको थियो । उनीहरुलाई ढाका टोपी लगाइ दिएर सम्मान गरिएकाे थियो ।

सोकला शिलि कार्यक्रम पिृत पुजा गरेर सुरुवात गरिएको थियो । भने प्रतियोगित साकेला शिलि कार्यक्रममा केही समय विश्राम लिएर गरिएको थियो ।

यस्तै कार्यक्रममा बिबिक्यू पार्टी पनि संमावेश गरिएको थियो ।

प्रत्येक वर्ष टेक्सासमा गर्दे आएको साकेला शिलि कार्यक्रम भव्य र नेपालीहरुबीच सदभाव बढाउन सहयोग गरेको टेक्सास च्याप्टरका महासचिव प्रदीप राईले बताए ।

साकेला उधौली किरात राई समुदायको बसोवास रहेको मुलभुमि नेपालसँगै विश्वको सबै देशहरुमा मनाइन्छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ । बिहिबारबाट साकेला उधौली सुरु भएको छ ।

यस्तै यही २४ डिसेम्बरमा किरात राई सोसाइटी अफ अमेरिका केन्द्रले माङखिम (कार्यलय) सहयोगार्थ सुम्निमा साझ आयोजना गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्
१४ डिसेम्बरमा अमेरिकाको टेक्सास राज्यमा साकेला उधौली हुने
अमेरिकाको टेक्सासमा नेपालीहरूले मनाए साकेला उधौली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७