न्यूयोर्कमा ‘सुम्‍निमा साँझ–११’, मेघास्टार राजेश पायल राई मुख्य आकर्षण


३० मंसिर २०७६, सोमबार
sumnima sajha 11

न्यूयोर्क, ३० मंसिर । किरात राईहरुको चुल्हा घर ‘माङखिम’ निर्माण सहयोगार्थ ‘सुम्निमा साँझ–११’ हुने भएको छ ।

किरात राई सोसाइटी अफ अमेरिका न्यू योर्क च्याप्टरको आयोजनामा यही डिसेम्बर २४ मा कार्यक्रम हुन लागेको हो । यसपटक कार्यक्रम ज्याक्सन हाइटस्थित बेलोजिनो हलमा हुँदैछ ।

विगतदेखि गर्दे आएको सुम्निमा साँझ यो वर्ष ११ पल्ट पुग्न लागेको हो । न्यूयोर्क च्याप्टरले माङखिम निर्माणका लागि गत वर्षदेखि सुम्निमा साँझ गर्दे आएको छ ।

अमेरिकामा राई समुदायको संस्कार संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले न्यू योर्क च्याप्टरले कार्यक्रम २०६६ देखि हरेक वर्ष सुम्निमा साँझ आयोजना आएको छ ।

कार्यक्रममा राईहरुको संस्कृति झल्किने साकेला नृत्य प्रस्तुत गरि सुरु हुनेछ ।

यो पनि पढ्नुहोस्
टेक्सासको साकेला उधौलीमा धनुवाण प्रतियोगिता (फाेटाेफिचर)

मेघास्टार राजेश पायल राई आउने
राई इज किङका नामले समेत प्रख्यात मेघास्टार गायक राजेश पायल राई कार्यक्रमको प्रमुख आकर्षण रहेका छन् ।

गायक राईले कार्यक्रमका लागि युट्यूब भिडियोमार्फत साकेला नाच्न सबैलाई निम्तो गरिसकेका छन् । कार्यक्रममा च्याप्टरका स्थानीय कलाकरले समेत मनोरज्नात्मक कार्यक्रम प्रस्तुति गर्नेछन् ।

किरात राई समुदायको यो कार्यक्रम सबै नेपाली समुदायमाझ चर्चित च्याप्टरकी अध्यक्ष भारती राईले बताइन् । उनले साकेला उधौलीको अवसर पारेर सुम्निमा साँझ आयोजना गर्दे आएको समेत जानकारी दिइन् ।

साकेला उधौली किरात राई समुदायको बसोवास रहेको मुलभुमि नेपालसँगै विश्वको सबै देशहरुमा मनाइन्छ । मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने उधौली मनाउने प्रचलन छ । बिहिबारबाट साकेला उधौली सुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७