नेकपाले अनुशासन विपरीत गतिविधि गर्नेलाई कारबाही गर्दे


३० मंसिर २०७६, सोमबार
Nepal Communist party logo

जनकपुरधाम, ३० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अनुशासन विपरीत गतिविधि गर्ने जनप्रतिनिधिलाई  कारबाही गर्ने भएको छ ।

पार्टीको अुनसशासन विपरीत काम गर्ने र पार्टी परित्याग गरेका स्थानीय जनप्रतिनिधिलाई नेकपा प्रदेश २ ले कारबाही गर्न लागेको हो ।

नेकपा एक नेताका अनुसार नेकपाबाट निर्वाचित भएपछि पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेका, पार्टीको नीति विपरीत काम गरेका, पार्टीको विधान उलंघनजस्ता गतिविधिमामा संलग्न जनप्रतिनिधिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने बताए ।

यसरी पदमुक्त हुनेमा केही वडाध्यक्षहरु रहेको नेकपाले जनाएको छ । त्यस्ता जनप्रतिनिधिहरुको नाम विभिन्न कमिटीबाट पार्टीको माथिल्लो तहमा बुझाइएको र बर्खास्तीमा पर्नेको नाम पनि तय भैसकेको नेकपा स्रोतले जनाएको छ ।

पार्टीले केही दिनमै परिपत्र जारी गरी ती जनप्रतिनिधिहरुलाई पदमुक्त गर्ने नेकपाले जनाएको छ ।

पार्टीको निर्देशन नमान्ने, पार्टी नीति विपरित आफूखुशी काम गर्ने, जनताको काममा ध्यान नदिने लगायतका बिभिन्न कारण देखाउँदै पार्टीले उनीहरुलाई कारवाही गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७