दयाहाङ र रेखाको ‘नीरफूल’ फागुनमा प्रदर्शन हुने


३० मंसिर २०७६, सोमबार
Neerphool 1

काठमाण्डौं, ३० मंसिर । नायक दयाहाङ राई र नायिका रेखा थापा अभिनित फिल्म   ‘नीरफूल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । गत भदौ २७ मै प्रदर्शन गर्ने भनिएको फिल्मको नयाँ मिति घोषणा गरिएको हो ।

फिल्मको पोस्ट प्रोडक्सनमा ढिलाइ भएपछि रिलिज डेट पोस्टपोन्ड भएको थियो । अब, फागुन ३० गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउने भएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा फिल्म आधारित रहेको बताइएको छ ।

गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् ।

यस्तै दयाहाङको जोडीको रुपमा देखिन लागेकी शान्तिको यो डेब्यु फिल्म हो । फिल्ममा अभिनेत्री रेखा विशेष भूमिकामा छिन् ।

फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्प बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । हालसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा देखाइएको उनी बताउँछन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङलगायत छन् ।

फिल्मलाई प्रमोद कार्कीले खिचेका हुन् । भने, अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७