एपिएफकाे सिक्किमविरुद्ध १९ गोल, सावित्रा एक्लैको ९ गोल


३० मंसिर २०७६, सोमबार
sabitra bhandari

काठमाडौं, ३० मंसिर । प्रधान सेनापति महिला फुटबल प्रतियोगितामा सोमबार एपिएफ क्लबले सिक्किमविरुद्ध १९ गोल गरेको छ । एपिएफकी सावित्रा भण्डारी सम्बा एक्लैले सिक्किमविरुद्ध ९ गोल गरेपछि १९–०ले हराएको छ ।

हालै १३ औं दक्षिण एसियाली खेलकुद मार्फत राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक ३८ गोल पु¥याएकी सावित्रा एक्लैले ९ गोल गरिन् ।

लगनखेलस्थित नेपाली सेनाको मैदानमा भएको खेलमा सावित्रासँगै राष्ट्रिय टोलीकी पूर्व सदस्य अनु लामाले ४ गोल, अनिता बस्नेतले ३ गोल र रेनुका नगरकोटीले २ गोल गरेकी थिइन् । पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा ८ गोल थपेको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबार नै सोही मैदानमा भएको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्बललबे प्रदेश २ लाई ३–० ले हराएको छ । पुलिसका लागि निरु थापा, निशा विक र दीपा न्यौपानेले गोल गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७