आइजिपीले भने,’एआइजी चन्द र एसएसपी धानुकको काम गर्ने शैली ठीक भएन’


१८ पुष २०७४, मंगलवार
aig chanda ssp dhanuk

काठमाडौं: प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महानगरीय प्रहरी आयुक्त प्रहरी अतिरिक्ति महानिरीक्षक (एआइजिपी) जयबहादुर चन्द र र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रबिन्द्र धानुकलाई सचेत गराएका छन । महानगरीय आयुक्त एआइजी चन्द र काठमाडौं प्रमुख एसएसपी धानुकको कार्यसम्पादनमै समस्या देखिएको जनाई आइजीपी अर्यालले सचेत गराएका हुन् ।

‘काम गर्ने शैली ठीक भएन, तपाईंहरूको कारण तत्लो तहका काविल अफिसरले पनि काम गर्न पाएनन, आफूलाई तत्काल सुधार्नु,’ दुवै अधिकृतलाई आइजिपी अर्यालको निर्देशन उधृत गर्दै प्रहरी प्रधान कार्यालयका एक डिआइजीले भने । उनका अनुसार आइजीपी अर्यालले संगठनको मूल्य, मान्यताविपरीत गएर दुवैजनाले काम गरेको तथ्य राखेर सुध्रन सचेत गराएका हुन् । ‘तपार्इंहरू अहिलेबाटै सुध्रनोस्, सुध्रनु भएन भने कारवाहीको लागि तयार हुनोस्, अब यस्तो चल्दैन,’ एआइजी चन्द र एसएसपी धानुकलाई आइजिपी अर्यालको निर्देशन थियो ।

एआइजी चन्द र एसएसपी धानुकको काम राम्रो नभएको, एकले अर्काविरुद्ध सार्वजनिक रूपमा विषवमन गरेको, चेनअफ कमान्डमै समस्या देखिएको भन्दै अर्यालले सचेत गराएको स्रोतको भनाइ छ । केही समययता एआइजी चन्द र एसएसपी धानुकबीच इगो समस्या देखिएको छ । दुवैले एकअर्कालाई अधिकृत बोलाएरै तथानाम गालीगलौज गर्ने गरेका छन् । ‘लुकेर होइन, खुलमखुल्ला एकअर्काविरुद्ध खनिने गरेका छन्, एकले अर्कालाई भ्रष्टाचारी र कमिसनखोर भन्दै सुराकी परिचालन गर्नेसम्मको काम भएको छ, उपत्यकाका सबै प्रहरी जवानसम्म मेट्रो प्रमुख र काठमाडौं प्रमुखको झगडा पुगिसकेको छ,’ महानगरीय प्रहरीका एक अधिकृत भन्छन् ।

पछिल्लो समय चन्दले धानुक र धानुकले चन्दकै कुरा काटेर कार्यालयमा समय बिताउने गरेको ती अधिकृतको भनाइ छ । ‘एआइजी साप मैले भनेको मान्नै पर्छ, छाड भनेको व्यक्ति छाडनुपर्छ भन्दै आदेश दिने, काठमाडौं प्रमुख पैसा खाएर अपराधीलाई साथ दिएको भन्ने आरोप छ ।’ पछिल्लो समय काठमाडौं प्रमुखले आयुक्तलाई जानकारीसमेत गराउन छाडेका छन् ।

‘जानकारी गरायो, अभियुक्तसँग मिलेर उल्टै छाड भन्ने आदेश आउँछ, किन गर्ने रु’ एआइजी चन्दलाई जानकारी नगराउन मातहत अधिकृतलाई निर्देशन दिँदै एसएसपी धानुकको भनाइ थियो । दुई कार्यालय प्रमुखको युद्धले उपत्यकाको सुरक्षा अवस्थामै गम्भीर चुनौती आएको उजुरी केही अधिकृतले गरेपछि आइजिपीले एक्सन लिएका हुन् ।

‘आफै त मिल्न सक्दैनौँ, केको शान्ति सुरक्षा कायम गर्न सक्छौँ, जनताको विश्वास उड्छ यस्तो कामले, तत्कालै सुध्रनु,’ आइजिपीको निर्देशन उधृत गर्दै अर्का अधिकृतले भने, ‘चित्त नबुझेको कुरा छ भने एकआपसमै भन्नुपर्छ, बाहरि जाने होइन, तर तपार्इंहरूले त आफ्नो ओहदा, मर्यादा र प्रहरी संगठनको गरिमालाई नै बिर्सिनुभयो ।’

उनले चन्द र धानुकको कारण उपत्यकामा अपराधीको मनोबल बढन लागेको, संगठनको चेन अफ कमान्डमै गम्भीर समस्या देखिएको तथ्यसमेत दुवै अधिकृतसामु राखेका छन् । ‘हामिक हुँ भन्दैमा नहुने काम गर भनेर आदेश दिने होइन, अर्काले पनि यो काम यसरी मिल्दैन भनेर कन्भिन्स गर्न सक्नुपर्छ, यी सब काम नगर्ने, बाहिर खुलेआम लड्दै हिँडने रु’ दुवै अधिकृतलाई अर्यालको निर्देशन उधृत गर्दै स्रोतले भन्यो । यो समचार सौर्यदैनिकमा छ

यो पनि पुरा पर्नुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७