कागजको घरमा करोडौं गएपछि नेपाली सेना ‘झसङ्ग’, जर्नेलको परिचयपत्र काण्डले ‘लफडा’


२ पुष २०७६, बुधबार
army

यसरी नेपाली सेनामा जर्नेलहरूको आइडी कार्ड नै हराउने नयाँ रोग फेला परेको हो । पदमा हुञ्जेल सरकारले हरियो गाडी दिन्छ, अर्दली र ड्राइभर पनि पाइन्छ । तर, पद खुस्किएपछि शानसौकत केही न केही ! त्यसमाथि घोटाला काण्ड लागेर राजीनामा दिनुपर्ने स्थितिमा मासिक खर्च त चाहियो !

त्यसका लागि पेन्सनपट्टा, निवृत्त परिचयपत्र, स्वास्थ्योपचारका लागि अस्पतालको कागज बनाउनै पर्‍यो । अवकाशसँगै परिचयपत्रसहित जागिरकालमा आफूले सम्हाल्दै आएका सबै कागजात बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

बलात्कार पनि ड्युटीभित्रै पर्छ ?

तर, एकजना जर्नेलले केही पनि बुझाउन नसकेपछि विविध प्रकारका घोटालासँगै शैक्षिक प्रमाणपत्र काण्डले चर्चामा आइरहने सेनाभित्र परिचयपत्र काण्ड आइलागेको हो । कोही मान्छे चिफ हुँदा त्यही मान्छेलाई लेफ्टिनेन्ट कर्णेलबाट बढाउँदै–बढाउँदै दरबन्दी नभएको ठाउँमा दुई तारे जर्नेलसम्म बनाई दिए ।

कोही चिफ आउँदा शून्य सहनशीलताको नीतिअनुसार भ्रष्टाचारमा कारवाही अघि बढाई दिए । अहिले भर्खरै राजीनामा दिन बाध्य बनाइएका जर्नेल भुवन अधिकारीमाथि त्यस्तै विपत्ति आइलागेको छ । उनीमाथि बहुविवाह गरेकोदेखि सेनाको बजेट राम्रै खपत गरेकोसम्मका अभियोग छन् ।

नेपाली सेनाको अति संवेदनशील मानिने युनिट हो, राष्ट्रिय निकुञ्ज निर्देशनालय । त्यसको भवन बनाएको भनेर उनले पेश गरेको कागजका आधारमा भुक्तानी भइसक्यो, तर भवन कतै छैन । उनैको हो, परिचयपत्र अहिलेसम्म फेला नपरेको जसको निम्ति सैनिक प्रहरी धुइँपत्ताल राजधानीका कुनाकाप्चा छान मार्दैछ ।

यसैबीच, सेनाको हवाई सेवा निर्देशनालयका महानिर्देशक सुधीर श्रेष्ठले राजीनामा दिएका छन् भने पूर्व प्रधानसेनापति धर्मपालवरसिंह थापाका छोरा अजितवरसिंह थापामाथि छानवीन शुरु भएको छ ।

अशोक सिग्देल नेतृत्वको निरीक्षणाधिकृत विभागले फास्ट ट्रयाकसहित प्राविधिकतर्फका अनियमितताहरूको खातापाता पल्टाउने क्रममा अजित सेकिन लागेको खबर जनआस्था साप्ताहिकले छापेको छ । उनको पालामा यान्त्रिक सेवा महानिर्देशनालयअन्तर्गत गोलीगठ्ठाको कच्चा पदार्थ र मेसिन ल्याउँदा आर्थिक अपचलन भएको आरोप छ ।

 पनि पढ्नुहोस्
नेपाली सेनाका दुईतारे जर्नेल नै चलाउँछन् जुवाघर
‘भुँडे सैनिक’लाई बढुवा निषेध
सेनाको घोडा खरिदमा घोटाला, अनियमितताको उजुरी रक्षामन्त्रालयसम्म पुग्यो
९२ बुंदे वक्तव्य दिंदै प्रधानसेनापति क्षत्रीले कमाण्ड छाडे (वक्तव्यसहित)
सेना भर्नामा अनियमितता, नक्कलीको नाममा जाँच दिएर भर्ना
बलात्कार पनि ड्युटीभित्रै पर्छ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७