नेपालमा पहिलो पटक बोलकबोलबाट दूरसञ्चार फ्रिक्वेन्सी, एनसेलले पायो १८०० मेगाहर्ज ब्यान्डमा


२ पुष २०७६, बुधबार
1552825372Ncell Main Logo 1 scaled

काठमाडौं, २ पुस । नेपालमा पहिलो पटक भएको फ्रिक्वेन्सी बोलकबोलमा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले हात पारेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गरेको उक्त बोलकबोलमा एनसेलले नेपाल टेलिकमलाई उछिनेको हो।

प्राधिकरणले पटक पटक गरी ९,१८ र २१ सय मेगाहर्ज ब्यान्डमा बाँकी रहेको फ्रिक्वेन्सी बोलकबोलबाट बिक्री गर्ने भन्दै सूचना प्रकाशित गरेको थियो। १८ सयबाहेक अरूमा दोस्रो कम्पनी नपाइएपछि बुधबार १८ सयमा बाँकी फ्रिक्वेन्सीका लागि बोलकबोल भएको थियो।

यो ब्यान्डमा एनसेलले बढीमा ९ मेगाहर्जमात्र पाउने छ। २० मेगाहर्जको अधिकतम सीमा रहेकोमा अहिले नै एनसेलसँग ११ मेगाहर्ज रहेको छ।


आज काठमाडौंमा भएको बोलकबोलमा एनसेलले नेपाल टेलिकमलाई उछिन्दै फ्रिक्वेन्सी हात पारेको हो।

तीन तहमा भएको कबोलमा एनसेलले प्रति मेगाहर्ज बार्षिक ५ करोड ८० रुपैयाँ प्रस्ताव गरेको थियो। यो नै अन्तिम हुने छ। यसमा यदि एनसेलले पाउनुपर्ने ९ मेगाहर्ज नै लिएमा उसले वर्षमा ५२ करोड रुपैयाँ बुझाउने छ।

यसरी भयो बोलकबोल

काठमाडौंको सोल्टी होटलमा भएको बोलकबोलको पहिलो राउन्डमा नेपाल टेलिकमले प्रति मेगाहर्ज९२८१० ३ करोड ७० लाख ८० हजार रुपैयाँ प्रस्ताव गरेको थियो। यसमा एनसेलले ३ करोड ९० लाख ६० हजार प्रस्ताव गरेको थियो।

यसपछि दोस्रो चरणका लागि आधार मूल्य ४ करोड १४ लाख निर्धारण भएको थियो। उक्त मूल्यमा रहेर नेपाल टेलिकमले ४ करोड २० लाख कबोल गर्दा एनसेलले ४ करोड ३२ लाख कबोल गरेको थियो। तेस्रो तथा अन्तिम राउन्डका लागि ४ करोड ५० लाख आधार मूल्य तोकिएकोमा नेपाल टेलिकमले ५ करोड १ हजार कबोल गरेको थियो भने एनसेलले ५ करोड ८० लाख कबोल गर्‍यो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७