युवतीलाई नाङ्गै बनाएर अश्लिल भिडियो बनाउने यसरी परे प्रहरी फन्दामा


१८ पुष २०७४, मंगलवार

बिर्तामोड । सुरुंगाको सिमलवाडीस्थित मित आमाको घर आएकी इलाम निवासी एक युवती बिहीबार दिउँसो जीवनमै नसोचेको दुर्घटनाको सामना गर्नुपर्यो । पटक–पटक मृत्युको सामना गर्नुपर्ने कल्पनाभन्दा बाहिरको घटनाको सामना गर्नुपर्यो ती युवतीले । सुरुंगास्थित मित आमाको घरमा आएकी ती युवती बिहीबार दिउँसो मित आमाको छोरासँग बाइक चढेर आफ्नो घर इलाम जान लागेकी थिइन् । दिदीलाई घरसम्म पु¥याएर आउन आमाले आफ्नो छोरालाई पठाएकी थिइन् । आमाको आदेशपछि खुसी हुँदै दिदी पु¥याउन गएका उनी पनि दिदीकै जसरी पटक–पटक मृत्युको सामना गर्ने घटनाको सिकार हुनुपर्यो।aparadhi 2

मोटर साइकलमा जाँदै गर्दा अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चिया बगानमा तीन युवाले खुकुरी तेस्याएर उनीहरूको मोटरसाइकल रोक्न लगाए । बाटो ढुकेर यसको काम गर्नेमा थिए, अर्जुनधारा नगरपालिका वडा नम्बर ९ निवासी विजयबहादुर मगर, नवीन डाँगी र अर्का एक साथी । मोटर साइकल रोकपछि तीन जनाले दिदी भाइलाई कुटपिट गर्दै चिया बगानभित्र पुर्याए । उनीहरूलाई लाग्यो, पैसा लुट्न ल्याए, दुवैले आफूहरूसँग भएको सबै पैसा दिने बताए । अभियुक्तले युवतीसँग भएको ४ हजार २ सय र उनका भाइसँग भएको ८ हजार रुपैयाँ लुटे । भएको पैसा लुटेपछि पीडितले छाड्ने अपेक्षा गरेका थिए तर अभियुक्तबाट अपराधको कुनै सीमा रहेन । सभ्य समाजमा पच्नै नसक्ने हर्कत देखाए उनीहरूले । एक्कासि युवतीलाई कपडा खोल्न आदेश दिए ।

उनले अस्वीकार गरिन् । नाइँ भन्न नपाउँदै समातेर भाइकै सामु युवतीको सबै कपडा खोलेर नांगो पारियो । दिदीको यो स्वरूप देख्न नसकी भाइ आँखा छोपेर बस्यो । मगर र डाँगी सहितका तीन युवालाई त्यत्तिले पनि चित्त बुझेन । आफूहरूले पालो सकिएको भन्दै भाइलाई नै दिदीको संवेदनशील अंग छाम्न लगाए । अनि मोबाइल झिकेर युवतीको नांगो शरीरमा ताण्डव नृत्य देखाए । उनको सबै अंग मुसारे ।

त्यतिले मात्रै चित्त बुझाएनन् । तिनै जना अभियुक्तले पालैपालो गरी युवतीको संवेदनशील अंग योनिमा हात हाल्ने, घोच्ने, खेलाउने काम गरे । उनको स्तनमा पनि समाउने, माड्ने हर्कत गरिरहे । आफूहरूले मात्रै नपुगी भाइलाई समेत यस्तो कुकर्म गर्न बाध्य पारे । अनि दिदी–भाइबीच नै चुम्बन गर्न लगाए । अभियुक्तहरूले युवतीमाथि गरिएको अत्याचारलाई भिडियामा कैद गरेका थिए । नांगो पारी शरीरका सबै अंगमा सुमसुम्याउँदै भिडियो खिचेपछि मगर र डाँगीले सुरु गरे पैसाको बार्गेनिङ । पीडितले १० हजार मात्रै दिनसक्ने बताए । आफूहरूले मागेजति पैसा नदिए फेसबुकमा अपलोड गर्ने धम्की दिए । यो धम्कीपछि दिदी भाइ नै मरेतुल्य भए । उनीहरूले आफूसँग भएजति सबै पैसा लैजान हार गुहार गरे । तर, उनीहरूले एक लाख चाहिने बताए । दुवै जनाले ‘हामीसँग यत्रो पैसा छैन, हामी १० हजार मात्र दिन सक्छौँ, बैंकबाट निकाल्नुपर्छ भन्दै आफ्नो वेदना पोखे तर उनीहरूलाई छोएन । उनीहरूले मोटरसाइकलको चाबी खोसी महिलालाई चियाबारीभित्र एकान्त स्थानमा राखेर भाइलाई एक जनाको साथ लगाएर बैंकमा पैसा लिन पठाए । जीवनकै ठूलो दुर्घटना बेहोर्न बाध्य ती युवा साथ लागेर आएका अभियुक्तलाई छलेर इलाका प्रहरी कार्यालय बिर्तामोड पुगे ।

घटनाबारे जानकारी दिनासाथ प्रहरी घटनास्थल पुग्यो । प्रहरी पुग्दा ती युवती चियाबारीभित्र कपडा खोलिएको अवस्थामा थिइन् । प्रहरीले तत्कालै उनको उद्धार गर्यो । अनि घटनामा संलग्नमध्येका डाँगी र मगरलाई तत्काल पक्राउ गर्यो । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्णप्रसाद कोइरालाका अनुसार बिहीबार दिउँसो १ . ३० बजे चिया बगानमा यो घटना भएको थियो । सो घटनामा संलग्न एक अभियुक्त अझै फरार रहेको डिएसपी कोइरालाले जानकारी दिए । प्रहरीले दिदी भाइलाई चुम्बन गर्न लगाएर खिचिएको भिडियो पनि बरामद गरेको छ । जबरजस्ती गरेर बनाएको अश्लील भिडियो आफूसँग रहेको डिएसपी कोइरालाको भनाइ छ । प्रहरीले यस घटनालाई अपराधमा नयाँ शैलीको रूपमा परिभाषित गरेको छ । डिएसपी कोइरालाका अनुसार अभियुक्तहरूलाई जबरजस्तीकरणी उद्योग र चोरीमा मुद्दा चलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७