रोनाल्डोको ‘हेड गोल’ मा युभेन्टस विजयी


३ पुष २०७६, बिहीबार
ronaldo RLgp91diAl

काठमाडौं, ३ पुस । इटालियन सिरी ए मा शीर्ष स्थानको युभेन्टसले रेलिगेसनभन्दा एक स्थानमाथि रहेको साम्पदोरियालाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको एक–एक गोलमा युभेन्टसले तीन अंक जोड्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको खेलको १९ औं मिनेटमा डिबालाको गोलमा युभेन्टसले अग्रता बनायो । उनले एलेक्स सान्द्रोको पासको सदुपयोग गरेका थिए ।

c ronaldo WqYb13RtZj

एक गोलले पछि परेको साम्पदोरियाले ३५ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि काप्रारले गोल गरे । तर पहिलो हाफको अन्तिममा एलेक्स सान्द्रोको पासमा रोनाल्डोले गोल गर्दै टिमलाई पहिलो हाफमा २–१ ले अगाडि राखे ।

बास्केटबल खेलाडीको हाइटमा रोनाल्डोले दुई दशमलव ६ मिटर जम्प गरेर एक दशमलव पाँच सेकेण्ड हावामा होल्ड गरेर हेडमार्फत गोल गरेका थिए । तर दोस्रो हाफमा दुवै टिमबाट गोल नभएपछि युभेन्टसले महत्वपूर्ण तीन अंक हात पार्न सफल भयो ।

यो जितसँगै युभेन्टसले १७ खेलमा ४२ अंक बनाएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको इन्टर मिलाकोे एक खेल कम खेल्दा ३९ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७