ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव तल्लो सदनबाट पारित


३ पुष २०७६, बिहीबार
Trump 122019 02 04

काठमाण्डौं, ३ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव तल्लो सदनबाट पारित भएको छ । अमेरिकाको तल्लो सदन (हाउस अफ् रेप्रिजेन्टिभ)मा ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव बहुमतले पारित भएको हो । ट्रम्पको पक्षमा २३० मत र विपक्षमा १९७ मत खसेको थियो ।

ट्रम्पले यूक्रेनसँगको सम्झौतामा सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनलाई प्रभाव पार्ने गरी आफ्ना प्रतिद्वन्दीका विषयमा अनुसन्धान गर्न दवाब दिएर शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ। महाभियोगलाई रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन सिनेटमा पठाइनेछ। जहाँ सांसदहरूले निर्णायक मण्डलका सदस्यको हैसियतले सो अभियोगमाथि सुनुवाइ गर्ने छन्।

ट्रम्पले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा पहिले अमेरिकी इतिहासमा तीनजना राष्ट्रपतिले महाभियोग प्रक्रिया सामना गरेका थिए।

ट्रम्पविरुद्ध गएको साता अमेरिकाको गुप्तचर अधिकारीले एक विदेशी नेतासँग कुराकानी गरेको बारे जानकारी दिएका थिए । ती विदेशी नेता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की थिए । ट्रम्पले र युक्रेनका राष्ट्रपतिसँग वाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न दबाब दिएको आरोप डेमोक्रेट्सले लगाएको छ ।

यसअघि संसदमा बुधबार झण्डै १० घण्टासम्म बहस भएको थियो । बहसको क्रममा डेमोक्रेटिक प्रतिनिधि सुसान डेविसले सदनमा जोडदार भाषण गरेका थिए ।

‘हामीले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाएका छैनौँ, उनी आफै यस्तो गरिरहेका छन् । तपाईँ राष्ट्रपति भएर न्याय प्रक्रियामा वाधा निम्त्याउनु हुन्छ । तपाईँ एक विदेशी नेतालाई घुस दिने प्रयास गर्नुहुन्छ । तपाईँ राष्ट्रिय सुरक्षाका लागि खतरा हुनुहुन्छ । तपाईँमाथि महाअभियोग हुन्छ । अनि कहानी सकिन्छ…’, डेविसले भने ।

तल्लो सदनबाट प्रस्ताव पारित भएपछि अब माथिल्लो सदनमा कारबाही प्रक्रिया अघि बढ्नेछ । आउँदो महिना ट्रम्पले संसदमा मुद्दाको सामना गर्नुपर्ने हुनसक्छ तर यहाँ उनको पार्टीको बहुमत छ । यस्तो अवस्थामा ट्रम्प पदबाट हटिहाल्ने अवस्था छैन ।

यसअघि हाउस अफ् रेप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पोलेसीले डोनाल्ड ट्रम्पको उल्टो गन्ती सुरु भएको बताएकी थिइन् ।

ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी छानबिनलाई व्हाइटहाउसले नसघाउने योसँगै अमेरिकी राष्ट्रपतीय इतिहासमा ट्रम्प महाअभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन् ।

यसअघि एण्ड्रियु जोनसोन र बिल क्लिनटनविरुद्ध पनि महाअभियोग प्रस्ताव लगाइएको थियो । तर यी दुवै राष्ट्रपति पदबाट हटेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७