गोर्खा भर्ती समस्या बारेमा नेकपा स्थायी कमिटिमा परराष्ट्रमन्त्री ज्ञवालीको ‘ब्रिफिङ्ग’


३ पुष २०७६, बिहीबार
pradip gyawali

काठमाडौं, ३ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गोर्खा भर्तीको समस्या समाधनको निम्ती सरकारले गरीरहेको कामको बारेमा स्थायी कमिटि बैठकलाई जानकारी गराएका छन् ।

मन्त्री ज्ञवालीले गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धी पुनरावलोकनको लागि औपचारिक रुपमा बेलायतलाई पत्र लेखेको जानकारी दिएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटि बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि लिखित टिप्पणी राख्दै परराष्ट्रमन्त्री ज्ञवालीले गोर्खा भर्तीको बिषयमा पनि जानकारी गराएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले इतिहासमा पहिलो पटक गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धीको पुनरावलोकनको विषय औपचारिक रुपमा बेलायत समक्ष उठाएको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीले गतः जुनमा बेलायती समकक्षीसमक्ष विधिवत् रुपमा यो विषय प्रवेश गराउनु भएको छ, मैले बेलायतको सम्बद्ध निकायलाई औपचारिक पत्र लेखेको छु । रोयटर्समार्फत् मैले तिनै दृष्टिकोण सार्वजनिक गरेको छु ।’

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले ब्रिटिश सेनामा नेपाली महिलालाई भर्नाको अनुमति नदिएका बताएका छन् । उनले भनेका छन्, ‘भन्ने कुरा चरम आग्रह र भ्रम प्रचार मात्रै हो ।’ यसअघिको सन्धीले पुरुषमात्रै भर्ती हुन सक्ने व्यवस्था र सन्धी पुनरावलोकन नहुञ्जेल महिला भर्ना नहुने उनको भनाई छ । भनेका छन्, ‘सन्धी अनुसार पनि मिल्दैन । संभवतः यसैले बेलायतले यस सम्बन्धमा नेपालको सहमति खोजेको होला ।’

परराष्ट्रमन्त्री ज्ञवालीले गोर्खा भर्ती र भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समधानको निम्ती कुटनीतिक पहल जारी राखेका छन् ।

बैठकमा मन्त्री ज्ञवालीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र इन्डोप्यासिफिक स्ट्राटेजी (आइपिएस) लाई एउटै अर्थ लाग्ने गरी बुझ्न र व्याख्या गर्न नहुने तर्क गरेका छन् । ज्ञवालीले भनेका छन्, ‘ती दुई विषय एकै होइनन् ।

बीआरआई समावेशी विकासको एउटा बृहत अवधारणा र परियोजना हो भने आइपिएस अमेरिकाको सुरक्षा र विदेश नीतिको महत्वपूर्ण पाटो दुई विषयलाई एकै रूपमा प्रस्तुत गर्दा अन्यथा अर्थ लाग्छ ।’

यो पनि पढ्नुहोस
गोरखा सैनिकका समस्या समाधान गर्न प्रधानमन्त्रीकै तहबाट पहल भइरहेको छ : परराष्ट्रमन्त्री
अब गोर्खाहरुमाथिको विभेद बारेमा अन्तराष्ट्रिय मञ्चहरुमा पनि कुरा उठाउँछौं : योगेश भट्टराई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७