अर्बपति मार्क जुकरबर्ग देखी लरी पेजसम्म जो चढ्छन् सस्तो गाडी


१७ आश्विन २०७४, मंगलवार
मार्क जुकरबर्ग

 

एजेन्सी: बिजनेस टाइकून जो अर्बौ रुपैयाँका मालिक हुन्, तर सस्तो गाडी चढ्छन् । महंगो लाइफस्टाइलका कारण चर्चित उनीहरु सस्तो कार चढ्न रुचाउँछन् । फेसबुकका मालिक मार्क जुकरबर्गदेखि गुगलका फाउन्डर लारी पेजसम्मले दुनियाँले सोचेभन्दा सस्तो गाडी चढ्छन् । सस्तो गाडी चढ्ने ६ अर्बपति यी हुन् ।मार्क जुकरबर्ग

१: मार्क जुकरबर्ग
फेसबुकका सिइओ मार्क जुकरबर्गलाई संसारले चिन्छ । उनको सम्पत्ति पनि झण्डै ६० अर्ब डलर छ । उनी विश्वका पाचौं धनी व्यक्ति हुन् । तर, आर्थिक क्षमताको तुलनामा उनले चढ्ने काडी निकै सस्तो छ । उनले चढ्ने कार हो पगानी हुयरा । यो कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा करिब १४ करोड नेपाली रुपैयाँबराबर पर्न आउँछ । त्यसो त उनीसँग अकुरा टिएसएक्स र भोल्क्सवागन गल्फ जिटी कार पनि छन् ।

२ जेफ बेजोस
अमेजनका मुख्य लगानीकर्ता तथा सिइओ जेफ बेजोसको कूल सम्पत्ती ७८ दशमलब ४ अर्ब डलर छ । तर, उनी होन्डा अकोर्ड कार ड्राइभ गर्न रुचाउँछन् । उनको कारको मोडल १९९६ को हो । अन्तर्राष्ट्रिय बजारमा कायम भएको यसको मूल्य हिसाब गर्दा नेपाली ७० लाख रुपैयाँबराबर पर्न आउँछ । त्यसो त उनीसँग शेवरलेट ब्लजर कार पनि छ ।

३: स्टीव बाल्मर
स्टीव बाल्मर पनि विश्वका अर्बपतिको सूचीमा पर्ने व्यक्ति हुन् । उनी लस एन्जिलस क्लीपर्सका लगानीकर्ता स्टीवको कूल सम्पत्ती २८ दशमलव १ अर्ब डलर छ । तर, उनी फोर्ड फ्युजन हाइब्रिड कार चलाउन मन पराउँछन् । अन्तर्राष्ट्रिय बजारमा पर्ने यो कारको मूल्यलाई नेपालीमा हिसाब गर्दा लगभग ४० लाख रुपैयाँ पर्न आउँछ ।

४: डस्टिन मस्कोविट्ज
फेसबुकका सहायक–लगानीकर्ता डस्टिन मस्कोविट्ज भोल्क्सवागन आर ३२ कार चढ्न रुचाउँछन् । उनको कूल सम्पत्ति १० दशमलब ४ अर्ब डलर छ । उनको यो कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा नेपाली रुपैयाँ ५० लाख बजाबर पर्न आउन्छ ।

५: लरी पेज
गूगलका सहायक–लगानीकर्ता लारी पेजको मनपर्ने कार हो टेसला रोड्सटर । नेपाली रुपैयाँमा हिसाब गर्दा पनि अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य एक करोडभन्दा माथि पर्दैन । यो स्पोर्ट्स कार ब्याट्रीबाट चल्छ । ४९ दशमलब ३ अर्ब डलरका मालिक लारीसँग टोयोटा प्रिअस कार पनि छ ।

६: लरी एलिसन
लरी एलिसन अमेरिकाका चर्चित बिजनेशम्यान हुन् । उनी विश्वकै सातौं धनी व्यक्ति हुन् । अरेकलका सिइओ लरीको कूल सम्पत्ति ५५ अर्ब डलर छ, तर पनि सस्तो कार चढ्न मन पराउँछन् । उनले चढ्ने लेक्सस एलएफए कारको मूल्य डेढ करोड रुपैयाँ मूल्यबराबर पर्न आउँछ । हुन त उनीसँग औडी आर ८, एमसी लरेन एफ १, अकुरा एनएसएक्सलगायत कार पनि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७