गोरखा चाइनिज ईटा स्ट्रेंथ टेष्टमा १०.२३ एमपीए


४ पुष २०७६, शुक्रबार
ceo panal

काठमाडौं, ४ पुष । काभ्रेको बासडोलमा कारखाना राखी उत्पादन सुरु गरेको गोर्खा इको रेड व्रिक्स प्रालिबाट उत्पादित गोर्खा चाइनिज इटाको स्ट्रेंथ दस एमपीए भन्दामाथि रहेको पाइएको छ ।


ख्वप कलेज अफ इन्जिनियरले गरेको कम्प्रेसिभ स्ट्रेंथ टेष्टमा कम्पनीका इटाहरु घटीमा पनि १० दशमलब २३ एमपीए पाइएको हो ।  गुणस्तरीय इटा हुनका लागि कम्प्रेसिभ स्ट्रेंथ न्युनतम पनि ३।५ एमपीए हुनुपर्छ । कलेजले इटाको गुणस्तरको विभिन्न पक्षकाबारेमा टेष्ट गरेका थिए ।

टनेल क्लिन प्रविधिमा इटा पोली चाइनिज इटाको उत्पादन सुरु गरेको यो उद्योगको इटाको आकार साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इटा तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाका अनुसार यो प्रविधिबाट इटा बनाउँंदा काँंचो इटालाई घाममा नसुकाई ड्राई टनेलमा पठाई इटालाई सुकाइन्छ । यसपछि फायर टनेलमा नौ सयदेखि हजार डिग्रीसम्मको तापक्रममा राखेर इटा पोल्ने गरिन्छ ।

फायर्रिङ टनेलमा भएको तातो हावालाई ड्राई टनेलमा लगी काँंचो इटा सुकाउने गरिन्छ । यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र (थर्मोमिटर) पनि जडान गरिएको छ । थर्मोमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इटा पोल्ने गरिन्छ । यसले गर्दा इटा एकनासले पाकेर निस्किन्छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७