केपी ओलीको निर्वाचन खर्च २४ लाख


१८ पुष २०७४, मंगलवार
kp oli 1

काठमाण्डौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि झापाबाट उम्मेद्वारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् ।kp oli 1

गएको मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेद्वारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिएका छन् । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेद्वार थिए ।

शीर्ष नेतातर्फ झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, क्षेत्र नम्बर–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, क्षेत्र नम्बर–१ बाट नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की र सोही क्षेत्रबाट कांग्रेसका नेता विश्वप्रकाश शर्माले आ–आफ्नो चुनावी खर्च विवरण बुझाएसकेका छन् । एमाले अध्यक्ष ओलीले २४ लाख एक हजार १६०, कांग्रेस नेता सिटौलाले २२ लाख ६८ हजार, माओवादी केन्द्रका नेता कार्कीले २४ लाख १० हजार र काँग्रेस नेता शर्माले २१ लाख ६८ हजारको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कांग्रेसका डा. खगेन्द्र अधिकारीले २४ लाख ७५ हजार, क्षेत्र नम्बर–४ बाट एमालेका लालप्रसाद साँवा लिम्बूले २३ लाख ६३ हजार, क्षेत्र नम्बर–३ बाट राष्ट्रिय जनता पार्टीका सुन्दरलाल साहले छ लाख ५० हजार, क्षेत्र नम्बर–४ बाट एकीकृत राप्रपा (राष्ट्रवादी) का तेजबहादुर थापाले तीन लाख पाँच हजार, क्षेत्र नम्बर–३ बाट विवेकशील साझा पार्टीका साजन सुब्बाले ६३ हजार, क्षेत्र नम्बर–२ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले ६५ हजार र विवेकशील साझा पार्टीका नवीन बाँस्तोलाले एक लाख नौ हजार २ सय खर्च भएको विवरण पेश गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेद्वारले २५ लाख र प्रदेशसभा सदस्य उम्मेद्वारले १५ लाखसम्म खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७