निर्मला पन्त हत्याकाण्डमा बनेको ‘कोपिला’ को ट्रेलर रिलिज, कस्तो होला फिल्म ? (भिडियो)


५ पुष २०७६, शनिबार
kopila

काठमाडौं, ५ पुस । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको वास्तविक कथामा आधारित भएर निर्माण भएको फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ ।

३ मिनेट ४९ सेकेण्ड लामो ट्रेलर इमोसनल छ । फिल्ममार्फत् निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक स्थितिलाई देखाउन खोजिएको छ ।

ट्रेलरमा निर्मलकी आमा दुर्गादेवी पन्तको भनाई पनि समेटिएको छ । उनले छोरीको हत्या गर्ने दोषी प्रहरीले पक्राउ गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आफ्नो छोरीमाथि भएको घृणित कार्य अरुमाथि हुनबाट रोक्न यो फिल्मले ठूलो भूमिका खेल्ने आश व्यक्त गरेकी छन् । ‘कोपिला’ मा निर्मलको भूमिका सञ्जिवनी खरेलले निभाएकी छन् । झट्ट हेर्दा उनी निर्मला जस्तै देखिन्छिन् ।

फिल्ममा आमाको भूमिकामा सरिता गिरी र पिताको भूमिका गणेश गिरीले निभाएका छन् । ट्रेलर सार्वजनिक गरिएता पनि फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यसमा ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरेलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा रामेश्वर कार्कीको छांयाकन र दिपक शर्माको संगीत छ ।

शिवम् अधिकारीले फिल्मको निर्देशन गरेका हुन् । यसअघि ‘पञ्चायत’ फिल्म निर्देशन गरेका उनले फिल्ममार्फत् बलात्कारको घटना रोक्न सकिने एउटा दृष्टिकोण पेश गरिएको बताए । चितवन आसपासमा फिल्मको छायांकन गरिएको हो । गणेश गिरीको प्रस्तुति रहेको फिल्मका निर्माता मणिराज गौतम हुन् । फिल्मलाई अर्को वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
हेर्नुस् ट्रेलर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७