अखिलको अन्दोलमा प्रहरी हस्तक्षेप, उपाध्यक्षसहित दर्जन बढी कार्यकर्ता घाइते


१८ पुष २०७४, मंगलवार
अखिलको अन्दोलमा प्रहरी हस्तक्षेप उपाध्यक्षसहित दर्जन बढी कार्यकर्ता घाइते

काठमाडौं: निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ ।

samik badal
उपाध्यक्ष महेश बर्ताैला

सडक कब्जा गरी नाराबाजी गरिरहेका आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । लाठी प्रहारबाट अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला र महासचिव ऐन महर घाइते भएका छन् । बर्तौलाको टाउको र महरको खुट्टामा चोट लागेको छ । बर्तौलाको टाउकामा १७ वटा टाँका लगाइएको छ। दुबैको प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ ।
झडपमा अनेरास्ववियुका उपाध्यक्ष बर्तौला महासचिव महर लगायत दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते भएको अखिलका सचिव आरसी लामिछानेले जानकारी दिए ।

काठमाडौं( पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वविय) ले मुर्दा जुलुशु निकालेको हो।

त्रिचन्द्र कलेजबाट निस्किएको जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ। जुलुशलाई तितरवितर पार्न टियर ग्याँस समेत प्रहार भएको छ। प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको छ। विद्यार्थी र प्रहरीबीच झडप भएको छ। नेपाल आयल निगमले सोमबार मात्र चौथोपटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७