विश्व भोभिन्म मार्सल आर्ट च्याम्पियनसिपमा नेपाललाई दुई पदक


५ पुष २०७६, शनिबार
sangkar bhujel

काठमाडौं, ५ पुष । छैठौं विश्व भोभिनाम मार्सल आर्ट च्याम्पियनसिपमा सहभागी नेपालले दुई पदक जितेको छ ।

च्याम्पियनसिपमा शंकर भुजेलले कास्य पदक हात पार्न सफल भएका छन् । भुजेलले उक्त प्रतियोगितामा ५७ के.जि तौल समुहमा लावसका खेलाडीलाई पराजित गर्दै सेमिफाईनलमा पुगेका थिए।सेमिफाइनलमा उनी भियतनामसँग पराजित भए।

उक्त प्रतियोगितामा विश्व भरिका २१ वटा देशले सहभागिता जनाएका छन। भुजेलले यो समेत दोस्रो पटक विश्व च्याम्पियनसिपमा कास्य जित्न सफल भएका छन। नेपालका सुभाष परियारले ५१ केजि तौल समुहमा रजत पदक हात पारेका छन।

परियार म्यानमारका खेलाडीलाई जित्दै सेमिफाइनलमा प्रवेश गरेका हुन। उनी सेमिफाइनलमा बगंलादेशका खेलाडीलाई पछि पार्दै फाईनलमा प्रवेश गरेका थिए । फाईनलमा कम्बोडियाका खेलाडीसंग पराजित हुँदै परियारले रजतमा चित्त बुझाउनु परेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७