दुवै हात नभएकी सम्झनाको मर्मस्पर्शी गीत ‘आमा’ सार्वजनिक


५ पुष २०७६, शनिबार
samjhana rai

काठमाडौं, ५ पुष । जन्मजात दुवै हात नभएकी बालिका सम्झना राईको मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । खोटाङबजार घर भएकी राईले ‘आमा’ बोलको गीत रेकर्ड गराएको भिडियो सार्वजनिक भएको हो ।

उनको गीतमा आफनो हात नहुनुमा आमाको कारण नभई आफ्नो भाग्यको खेल भएको गीतबाट प्रस्तुत गरेकी छिन् । गीत गोपाल चन्द्र राईको युटुयुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

गीतको शब्द रामकुमार राई (दिवुछा)को र तोरेम्पा राईको संगित रहेको छ भने एरेञ्ज गायक तथा एरेञ्जर सागर संसार राईले गरेका छन् ।

उक्त गीतलाई रेकर्ड गराउनको लागी समाजसेवी सप्नाकुमार राईले सहयोग गरेको गायिका सम्झना राईले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७