ललिता निवास जग्गा प्रकरण : मुख्य दोषी किटान गरेर मुद्दा दर्ता गर्न अख्तियारलाई सकस


६ पुष २०७६, आईतवार

काठमाडौं, ६ पुस । ललिता निवास जग्गा प्रकरणका दोषीलाई मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का लागि अझै तीन साता लाग्ने भएको छ ।

प्रहरीको सीआईबीले छानबिन प्रक्रिया पूरा नगरेका कारण अझै समय लाग्ने भएको हो । सीआईबीले पनि बालुवाटार जग्गा हिनामिना प्रकरणमा झण्डै ६० जनासँग बयान लिइसकेको छ ।
सीआईबीको म्याद २८ मंसिर २०७६ देखि लागू हुनेगरी २८ पुससम्मका लागि एक महिना थपिएको छ । तेस्रो पटक थपिएको म्याद गत २८ मंसिरमा सकिएको थियो ।

सीआईबीलाई ठगी आरोपमा सजाय माग गर्दै दोषीमाथि जिल्ला अदालतमा भिन्नै मुद्दा चलाउने अधिकार छ । सीआईबीले अनुसन्धान पूरा गरेर अब अर्को महिना मात्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्न सक्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने ललिता निवास जग्गा प्रकरणको विषयमा आफ्नो छानबिन पूरा गरिसकेको छ । अख्तियारका एक अधिकारीका अनुसार मुद्दा चलाउने विषयमा आयोगमा छलफल भइरहेको छ ।

अझै केही समय छानबिन भइरहेकाले फाइल अध्ययन गरेर मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी रहेको ती अधिकारीले बताए । तर, ककसलाई मुद्दा चलाउने भन्ने विषयमा आयोग अझै अलमलमा छ ।

अख्तियारले भने आफ्नो छानबिन पूरा गरेकाले त्यसलाई मूर्तरूप दिने अन्तिम तयारी गरिरहेको छ । करिब ६ महिनाको लामो अनुसन्धानपछि अख्तियारले मुद्दा दर्ताको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको हो । आयोगलाई सरकारले छानबिनका लागि तीन पटकसम्म म्याद थप गरेको थियो ।

६ महिनाको अवधिमा अख्तियारले पत्रपत्रिकामा सूचना निकालेर सरकारी जग्गा किनबेच गर्नेको नाम सार्वजनिक गर्दै अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको थियो ।

तर, सीआईबीले भने सूक्ष्म अनुसन्धान गर्नुपर्ने भन्दै समय लाग्ने बताएपछि सरकारले पछिल्लो समय एक महिनाका लागि म्याद थप गरेको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७