‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ को चौंथो संस्करण पोखरामा


६ पुष २०७६, आईतवार
hospi

पोखरा, ६ पुस । हस्पिटालिटी नेपाल कन्टेस्ट’ को चौंथो संस्करण पर्यटकीय नगरी पोखरामा आयोजना हुने भएको छ । एपी इन्टरटेनमेण्टद्वारा प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा आवेदन खुला गरिएको जानकारी दिइएको छ ।

आयोजक सस्थाका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले प्रतियोगिताका लागि यस पटक अझै बढी अवसर सिर्जना गरिएको बताए । उनले भने, ‘हामीले तीन संस्करणलाई उत्कृष्ट ढङ्गबाट सम्पन्न गरिसकेका छौं र, यो संस्करण अझै बढी परिस्कृत हुने दाबी गर्दछौं ।’

यस वर्षको प्रतियोगिता भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने गरी हुने कार्यक्रम संयोजक सङ्गम रेग्मीले बताए । पोखरा बाहेक काठमाडाैं, बुटवल र चितवनमा पनि आयोजकले ‘कलेज क्याम्पेन’ गरेर प्रतियोगीहरु ल्याउने तयारी गरेको छ ।

विभिन्न चरणको कार्यक्रम पछि अन्तिम चरणमा देशभरबाट ३० प्रतियोगी छनोट गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा हस्पिटालिटी क्षेत्रका विज्ञहरुले सहभागीलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षण हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । योसँगै नगद पुरस्कार र अन्य विभिन्न अवसर प्रदान गरिने जनाइएको छ ।
आयोजकले प्रतियोगीलाई पर्यटनसम्बन्धी थप जानकारी दिनका लागि पर्यटकीय गन्तव्यहरुको भ्रमण पनि गराउने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७