मीना निरौला र आशिष अविरललाई ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कार’ प्रदान 


५ पुष २०७६, शनिबार
mena niraula 3

काठमाडौँ, ५ पुष ।  यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार मीना पोखरेल निरौला र आशिष अविरललाई प्रदान गरिएको छ ।  

   राष्ट्रिय युवा परिषदले शुक्रबार कार्यक्रम गरि नेपाली सङ्गीतका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरेको हो । उनीहरुले  जनही २५ हजार रुपैयाँ र स्वर्ण पदकसहित पुरस्कृत भए ।

पुरष्कार पाएपछि गायिका निरौलाले गायिका रुपमा नारायण गोपालको नाम जोडिन्नु ठुलो सौभाग्य भएको बताएकी छिन् । उनले भनेकी छिन्,‘मैले वाल्यकाल देखि नै नारायणगोपालका गीत सुन्दै र हुर्कँदै आएको हुँ, आजको उहाँको नामको पुरस्कार पाउँदा म गर्वान्वित भएको छु ।’

  विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा सो कोष स्थापना गरेको हो ।

युवा गायक तथा सङ्गीतकार अविरलले ‘सालको पात‘’, ‘लालुमाई‘’ तथा निरौलाले ‘काले दाइ काले दाइ‘, ‘ठमेल बजार’ जस्ता चर्चित गीत गाएका छन् । यो पुरस्कार हालसम्म ४६ जनालाई प्रदान गरि सकिएको छ ।

यसअघि नै वरिष्ठ सङ्गीतकार दीपक जङ्गम संयोजकत्वको पुरस्कार छनोट समितिको सिफारिसका आधारमा सो निर्णय भएको थियो । 

यसैगरी रु ५० हजार राशिकै ‘अरनिको युवा कला पुरस्कार’ यस वर्षका लागि युवा कलाकारद्वय विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरियो । यो पुरस्कार चयनका लागि वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको थियो । 

चित्र र मूर्तिकलाका फाँटमा सक्रिय रही निरन्तर रूपमा योगदान दिएको भन्दै युवाकलाकारद्वय महर्जन र डङ्गोललाई जनही २५ हजार रुपैयाँ र स्वर्ण पदकसहित सो पुरस्कार दिइएको हो ।

कोषले सो पुरस्कारको स्थापना विसं २०५७ मा स्थापना गरेको हो । स्थापनाकाललेखि सो संस्थाले हालसम्म ३० जनालाई पुरस्कार प्रदान गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७