सन्दिपको अटोग्राफ लिन अस्ट्रेलियन बालक मैदानमै छिरेपछि…


६ पुष २०७६, आईतवार
sandeeplamichhane

काठमाडौं, ६ पुष ।  नेपाली लेगस्पिनर सन्दिप लामिछाने अहिले  अस्ट्रेलियामा क्रिकेट खेलिरहेका छन् ।  उनको टिम मेलबर्न स्टार्सले होबार्ट हरिकेन्स खेल खेलिरहेकाे बेला एक बालक मैदामै छिरे ।

उनी खेलको दोस्रो इनिङमा बलिङ तथा फिल्डि गर्न मैदान छिरेका सन्दिपसँग अटोग्राफ लिन  मैदानभित्रै छिरेका हुन् । सन्दिपले ती बालकलाई उनले लगाएको क्यापमा अटोग्राफ दिएका छन् ।

आजको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको छ । मेलबर्नका लागि ओपनर मार्कुस स्टोइनिसले नटआउट ८१ रन बनाए ।

५४ बलको सामना गरेका उनले ७ चौका र ४ छक्का हाने । अर्का ओपनर निक म्याडिन्सनले ४० रन बनाए । बेन डंकले १९ र हिल्टन कार्टराइटले नटआउट १३ रन बनाए ।

होबार्टको लागि रिले मेरेडिथले ३ विकेट र काइस अहमदले १ विकेट लिए । १६४ रनको लक्ष्य पाएको होबार्टले ब्याटिङ थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७