हेवेन्ली पाथ मोरङलाई संसद बिकास कोषबाट सहयोग हुने


१८ पुष २०७४, मंगलवार
हेवेन्ली पाथ मोरङलाई संसद बिकास कोषबाट सहयोग हुने

बेलबारी: मोरङको बेलबारीमा हेवेन्ली पाथ जिल्ला शाखा मोरङको आयोजनामा नव बर्ष ई।स।२०१८ को दुःख हरणपुजा सोमबार सम्पन्न भएको छ ।हेवेन्ली पाथ मोरङलाई संसद बिकास कोषबाट सहयोग हुने

कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश नं. १ का निर्बाचित प्रदेश सभा सदस्य राजकुमार ओझाले दुख हरण पुजाले यो समाजलाई सम्उन्नत समाज निर्माण गर्न महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताए । उनले हेवेन्ली पाथलाई प्रगतीको कामना गर्दौ संसद बिकास कोषबाट संस्थालाई सहयोग गर्ने प्रदिबद्धता गरेको छन् ।DSC 4548
दुख हरणपुजा जनवरीको पहिलो दिन बार्षिक रुपमा हेवेन्ली पाथ नेपालले गर्ने चलन छ । शारिरिक, मानसिक र आत्मिक रुपमा शुद्धकरण गर्न यो पुजा गर्ने गरेको हेवेन्ली पाथ जिल्ला शाखा मोरङका अध्यक्ष गंगाप्रसाद राईले बताए ।
पुजामा बिभिन्न धर्मका, जातजातीका मानिसहरुको उल्लेखिय सहभागिता रहेको थियो । सम्पुर्ण जिवित प्राणीको कल्यान होस, विश्वमा शान्ती होस भन्ने प्राथना र पुजामा उपस्थित भए सबै रोग र दुखको हरण हुने विश्वासका साथ धर्मलम्बीहरु हजारैको संख्यामा सहभागी हुने गर्दछन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७