पिपीएल क्रिकेट : चितवनको चौंथो जीत, को–को छन् शीर्ष स्थानमा ?


६ पुष २०७६, आईतवार
KD Kaski 1498

पोखरा, ६ पुस । पोखरामा मंसिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेसँगै चितवनले अपराजित यात्रालाई कायम राख्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न सफल भयो ।

हारसँगै विराटनगरको भने अघिल्लो चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ । अघिल्लो दिनको खेलमा समेत काठमाडौंसँग पराजित भएको विराटनगरले जारी प्रतियोगितामा एक खेल मात्र जितेको छ ।

टस हारेर विराटनगरले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको चितवनले पूरै ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४६ रनको मध्यमस्तरको स्कोर खडा गरेको थियो । विजयीका लागि १४७ रनको लक्ष्य पछ्याउने क्रममा १९ ओभरमा सबै विकेट गुमाएर विराटनगरले १२८ रन मात्र जोड्यो ।

आठौं क्रममा विराटनगरको इनिङ्स सम्हाल्न आएका लोकेस बमले ३६ बलमा पाँच चौका र पाँच छक्कासहित ६२ रनको अर्धशतक प्रहार गरे पनि टोलीलाई जिताउन पर्याप्त रहन सकेन । पुनित

KrishnaDawadi Kaski RSS ppldarshak

मेहराले २६ बलमा २४ तथा नोमान खानले १६ बलमा १८ रन जोड्नु बाहेक विराटनगरका अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सकेनन् ।

चितवनका करण केसी र भुवन कार्कीले समान तीन–तीन, रोहन मुस्ताफाले दुई र सन्नी पटेलले एक विकेट लिनुभएको थियो । चितवनका आरिफ शेख अविजित रहँदै २३ बलमा ३९ तथा शुरुवाती व्याट्सम्यान एवं टोलीका कप्तान पारस खड्काले ३८ बलमा ३५ रन जोड्नुभयो । सन्नी पटेल नटआउट आठ बलमा २७ तथा बाबर हायातले ३१ बलमा २५ रन जोडेका थिए ।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहमद जैद आलमले समान एक–एक विकेट लिए । चितवन आठ अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहेको छ भने काठमाडौं गोल्डेन वारियर्स बुटवल ब्लास्टर्सको समान चार अङ्क छ ।

विराटनगर, पोखरा पल्टन र एक्सपर्ट धनगढीको समान दुई–दुई अङ्क छ । आजको दोस्रो खेलमा बुटवल र धनगढीले स्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस १२ गते सञ्चालन हुने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७