लक्ष्मी बैंकले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने


६ पुष २०७६, आईतवार
79831366 853010168490233 7938843723457101824 n Kgca2llRj5

काठमाडौं,६ पुस । लक्ष्मी बैंक लिमिटेडले आफ्ना शेयर धनिहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशतको नगद लाभांश दिने भएको छ । बैंकको १९ औं साधारणसभाले गत वर्षको बैंक सञ्चालन कारोबारबाट भएको मुनाफाबाट उक्त शेयर बोनर र नगद लाभांश दिने भएको हो ।

बैंकको गत २०७६ कात्र्तिक १७ गते बसेको सञ्चालक समितिको २२१ औं बैंठकले गत आर्थिक वर्ष २०७५र७६ को कारोबारको मुनाफाबाट हालको शेयर पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताप पारित गरेको थियो । बैंकले बोनस शेयरसहित नगद लाभांश वितरणका लागि राष्ट्र बैंक समक्ष पठाएको निवेदन उपर नियमाक निकाय राष्ट्र बैंकले गत मंसिर १० गते स्वीकृति दिएसँगै बैंकले लाभांश वितरण गर्ने भएको हो ।


राष्ट्र बैंकको स्वीकृति पाएसँगै बैंकले प्रस्तावित ८९ करोड २० लाख ५० हजार ८ सय ६४९रु।८९,२०,५०,८६४० रुपैयाँ बराबरको बोनस शेयर र ४४ करोड ६० लाख २५ हजार ४ सय ३२ ९रु।४४,६०,२५,४३२० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । तर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०७६ मंसिर २३ गते भन्दा अघिल्लो दिन सम्म कारोबार भई २०७६ मंसिर २७ गते भित्र बैंकको शेयरधनी कितावमा सूचिकृत नहुने शेयर धनिहरुले उक्त बोनस शेयर र नगद लाभांश नपाउने बैंकले जनाएको छ ।

बैंकले गत वर्ष ३४ दशमलव ६३ प्रतिशतले खुद नाफा आर्जन गर्दै एक अर्ब ५९ करोड ७ लाख ७ हजार ४ सय रुपैयाँ कमाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७