पावर शेयरिङ्गको कुरा बाँकी छ : प्रचण्ड


प्रकाशित मिति : January 2, 2018

काठमाण्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको एकता आश्चर्यजनक रुपमा हुने बताएका छन् ।
अब तत्काल पार्टी एकता संयोजन समितिको वैठकले पार्टी एकता प्रक्रियालाई गति दिने उनले बताएका छन् ।

मंगलबार आफ्नै निवास खुमलटारमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रिया र सरकार गठनबारे भइरहेको छलफलबारे जानकारी गराएका छन् । ‘नेतृत्वमा छलफल छ । मेन लिडरसिपको पावर शेयरिङ कसरी गर्ने भन्ने टुंगिएको छ’–नेता मणि थापाले भने–‘चुनावी घोषणापत्रका आधारमा बैचारिक राजनीतिक कुरा टुङ्गो लगाउन सकिन्छ भन्ने छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्री प्रवक्ता पम्फा भुसालले पार्टी एकता र सरकार गठनबारे कुनै समस्या नरहेको र एकताको आश्चर्यजनक नतिजा पाउने बताएकी छन् । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको अन्तरघातबारे छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् । यस्तै पार्टी एकता प्रक्रियाबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा कार्यदल पनि बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्