नेपाल भ्रमण वर्ष उद्घाटनको दिन दिपावली गरौं : पर्यटनमन्त्री भट्टराई

बैंकर्सहरुको प्रतिबद्धता,‘हाम्रो सक्रिय सहभागिता रहनेछ’


७ पुष २०७६, सोमबार
discussion program with bankers scaled

काठमाडौं, ७ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बैंकर्स तथा वित्तीय संस्थाका प्रमुखहरुलाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउनका सक्रिय साथ र सहभागिताको लागि आह्वान गरेका छन् । सरकारले पर्यटन उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै ‘नेपाल भ्रमण वर्ष–२०२०’ ले पर्यटन उद्योगको नयाँ आधार तयार पार्ने मन्त्री भट्टराईले बताए ।

सोमबार नेपाल भ्रमण वर्षको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफलका क्रममा मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ ले अन्तराष्ट्रिय मञ्चमा नेपाल शान्ति, समृद्धि र स्थायित्व बाटोमा लागेका सन्देश दिने बताए । मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ उद्घाटनको दिन आफ्ना कार्यालय र देशभरीका शाखा कार्यालयहरुमा दिवापली गर्न अपिल गरे ।


मन्त्री भट्टराईले पर्यटनको निम्ती पूर्वाधार जरुरी रहेको उल्लेख गर्दै सरकारले हवाई पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको बताए । मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलले हवाई चाप धान्न नसक्ने भन्दै निजगढ विमानस्थल अत्यावश्यक रहेको बताए । उनले भैरहवा र पोखरा विमानस्थलले काठमाडौंको विकल्प नदिने भन्दै निजगढ अत्यावश्यक रहेको बताए ।

कार्यक्रममा बैङ्कर्स संघका अध्यक्ष भुवन दाहालले संघमा भ्रमण वर्षलाई सफल बनाउन संघका सहयोग रहने बताए । मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले प्रवद्र्धनमा सहयोग गर्न सकिने सहयोग गर्ने बताइन् । पर्यटन सचिव केदारबहादुर अधिकारीले बैंक तथा वित्तीय संस्थाले शौचालय निर्माण, सरसफाइ जस्ता अभियानमा सहयोग गर्न आग्रह गरे । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७