ओलीलाई प्रम बन्न नदिन षड्यन्त्र भयो, जबज त्यागेर पार्टी एकता हुँदैन: महासेठ


१८ पुष २०७४, मंगलवार
Raghubir mahashet रघुवीर महासेठ

काठमाडौं: नेकपा एमलेका नेता एवम् धनुषा क्षेत्र नम्बर ४बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका रघुवीर महासेठले ओलीलाई प्रधानमन्त्री बन्न नदिन देश तथा विदेशबाट षड्यन्त्र भएको आरोप लगाएका छन् ।

Raghubir mahashet रघुवीर महासेठ
मंलबार रिपोटर्स क्लबमा महासेठले जनताका चहाना अनुसार केपी ओलीले देशको नेतृत्व गर्नु पर्ने जनताको चाहना भएको तर त्यसलाई रोक्न देश तथा विदेशको शक्ति केन्द्रले षड्यन्त्र गर्न थालेको बताएका छन् । उनले भने, हाम्रो पार्टीका श्रद्धय अध्यक्ष कमरेड ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नको लागि षड्यन्त्र भइरहेको छ, तर जनताले हामीलाई म्याण्डेट दिएका छन्, जनताको चाहना केपी ओली नै मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने हो।’
जनताले स्थाई सरकारको लागि वाम गठबन्धनलाई मत दिएको बताएका छन् । तर, सोही अनुसार वाम गठबन्धनले मत पाए पनि चुनावको नतिजा पश्चात् वाम गठबन्धनलाई फुटाउन विभिन्न षड्यान्त्र सुरु भएको बताएका छन् । उनले षड्यन्त्रको प्रमुख गोटी निर्वाचन आयोग बनेको आरोप लगाएका छन् । उनले संविधानको धारा ७६ मा सबै कुरा स्पष्टसँग लेखिएकोले आयोगले उक्त धारलाई गलत रूपमा व्याख्या नगर्न सुझाव दिएका छन् ।
‘प्रत्यक्ष रूपमा निर्वाचन आयोगको भूमिका देखियो, आयोग गोटी बनेको छ, यो कुरा छर्लङ् भैसक्यो, उनले भने, ‘प्रधानमन्त्रीको चयन र समानुपातिकको नतिजा प्रकाशनको लागि राष्ट्रिय सभाको गठन आवश्यक छैन, तर आयोगले संविधानको नै अपव्याख्या गरिरहेको छ।’
उनले एमाले–माओवादी केन्द्रबीचको एकता अब कसैले चाहेरपनि नरोकिने जिकिर गरे । उनले एमाले ‘जनताको बहुदलीय जनवाद’ छाडेर एकता गर्ने पक्षमा नभएको स्पष्ट परे । उनले भने, ‘एकता हुन्छ, तर ‘जबज’को आधारमा हुनुपर्छ ।’ उनले माओवादी केन्द्रले पनि जबजलाई आत्मसात् गरिसकेको जिकिर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७