गरिमा विकास बैंकको नयाँ शाखा धादिङ्गवेशीमा


७ पुष २०७६, सोमबार
IMG 3932 scaled

काठमाडौं, ७ पुस । गरिमा विकास बैंक लिमिटेडले निलकण्ठ नगरपालिका धादिङ्गवेसीमा नयाँ शाखा कार्यालयको खोलेको छ । 

उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले गरे ।  कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पुँजी उपलब्ध गराई त्यस क्षेत्रको ओधोगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खोल्ने विश्वास रहेको बताए ।


उद्घाटन कार्यक्रममा निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगाना निलकण्ठ नगरपालिकाका वडा नं.३ का वडाध्यक्ष होमनाथ रिजाल धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विकास बैंकका सञ्चालक विमल पाण्डे, नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय लगायतले मन्तव्य राखे ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९०शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष ५गते सम्म३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७