Exclusive : यहाँ भइरहेको छ एमाले-माओवादीको निर्णायक वार्ता


१७ आश्विन २०७४, मंगलवार
Manbhwan

ललिपतुर : एमाले र माओवादी केन्द्रबिचको निर्णायक वार्ता सुरु भएको छ । ललितपुरको मानभवन स्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफन्ता एंव विश्वास पात्रको घरमा निर्णायक वार्ता केही बेरमा सुरु भएको हो ।

वार्तामा एमालेबाट एमालेले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, सुबास नेम्बाङ लगायत सहभागी हुनेछन् । माओवादीबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’ लगायत सहभागी हुनेछन् । वार्ता स्थलमा नेताहरु आउने क्रमम जारी छ । भर्खरै मात्रै एमालेका नेता सुबास नेम्बाङ वार्तास्थलमा आइपुगेका छन् ।

एमाले र माओवादीबिच वार्ता भइरहेको घर :-

Manbhwan

Man bawan 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७