प्रचण्डको प्रस्ताव, पार्टी एकतामा ५०/५० प्रतिशत नेतृत्व हुनुपर्छ


१८ पुष २०७४, मंगलवार
maiost meeting

काठमाडौं: नेकपा ‘माओवादी केन्द्र’को केन्दीय बैठकले एमालेसँगको पार्टी एकतामा दुवै पार्टीबाट ५०, ५० प्रतिशत नेतृत्वमा हुने पर्ने धारणा सार्वजनिक गरेको छ । मंलबार बसेको माओवादीको केन्दीय कार्यालय पेरिस डाँडाको बैठकमा अध्यक्ष प्रचण्डले यस्तो धारण व्यक्त गरेको हो ।

maiost meeting
फाइल तस्बिर

माओवादीको यो प्रस्तावले पार्टी एकता हुने संभावनमा केही अफ्ठ्या आउन सक्ने देखिएको छ । स्वाभाविक रूपमा पनि माओवादीको तुलनामा एमालेको केही बढी नेतृत्व हुन स्वाभाविक हो । अहिलेको निर्वाचन परिणाम अनुसार देशको ठुलो दल एमाले बनेको कारण पनि केही अंश एमालेको बढी नेतृत्व हुन स्वाभाविक हुन्छ ।  बैठकमा माओवादी केन्द्रले एमालेसँग पार्टी र सरकार नेतृत्वका विषयमा ठोस छलफल गर्ने निर्णय गरेका छन् ।
पार्टी एकता भएको खण्डमा माओवादी केन्द्रका नेताहरूले पार्टी नेतृत्व र सरकारको नेतृत्व एउटै व्यक्तिले गर्न नहुने धारण व्यक्त गर्दै आएका छन् । आज बसेको बैठकमा अध्यक्ष प्रचण्डले पनि बैठकमा सरकारको नेतृत्व र पार्टी नेतृत्व फरक हुनुपर्ने धारणा व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले बैठकमा एकताका लागि सैद्धान्तिक समस्या नहुने प्रस्ट पारे ।
उनले पार्टी एकताको विषयमा दुई नेताबीचको छलफल पछि मात्र अगाडि बढ्ने बताएका थिए । एकता गर्ने पक्षमा भए पनि प्राविधिक जटिलता भएको कारण केही ढिलाइ भएको बताए । बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको असहमतिका बाबजुद् राष्ट्रिय सभा अध्यादेश जारी गरेर गतिरोध फुकउन भूमिका खेलेको समेत बताए ।
ओली बिरामी भएकाले पार्टी एकताबारे ठोस कुराकानी हुन नसकेको पनि प्रचण्डले बैठकमा जानकारी गराए । उनले भने, ओलीसँगको भेटमा पार्टीको नेतृत्व र प्रधानमन्त्री एउटै व्यक्ति बन्न नहुने धारण राख्ने छु ।’ प्रचण्डले बुधबारनै ओलीलाई भेटेर ठोस छलफल गर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७