राजेश पायल राई र बैशाली लामाको स्वरमा ‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक


८ पुष २०७६, मंगलवार
Rajesh Payal Rai Vaishali Lama Visit Nepal Official Song Visit Nepal 2020 1 1

काठमाडौं, ८ पुष । सरकारले नेपाल पर्यटन वर्ष २०२०को भव्य तयारी गरिरहेको छ । पर्यटन वर्ष २०२० को पुर्वसन्ध्यामा रहँदा चर्चित गायक राजेश पायल राई र बैशाली लामाको स्वरमा भिजिट २०२०को गीत सार्वजनिक भएको छ ।

राई इज किङको नाम समेत चर्चित गायक राईको अफिसियल युटुयुब च्यानल मार्फत ‘वेलकम टु नेपाल’ बोलको गीत मंगलबार सार्वजनिक भएको हो । गीतमा नेपालका किन भ्रमण गर्ने भन्ने कुराको वर्णन तथा नेपालकाे विशेषताहरू रहेकाे छ । गीत अंग्रेजी भाषामा रहेको छ ।

शब्द स्वप्निल बरालको रहेको छ । भने संगित र एरेन्ज बादल लिम्बुले गरेका छन् । यस्तै गीतको भिडियो पनि तयार गरिएको छ । सार्वजनिक गरिएकाे गीतमा संस्कृति, पर्यटन तथा उडड्नमन्त्री योगेश भट्टराईलाई विशेष धन्यवाद समेत व्यक्त गरिएको छ ।

गायक राईले लेखेका छन्,‘आफ्नो देश नेपाललाई विश्व सामु चिनाउने, अनि आम विदेशी पर्यटकहरुको स्वागत गर्ने मौका दिनु भएकोमा सम्माननिय नागरिक उड्ययन एवं पर्यटन मन्त्री श्री योगेस भट्टराइ ज्यु प्रती आभार ब्यक्त गर्न चाहान्छु ।’

बैशाली लामालाई दिएको प्रतिबद्धता पुरा
गीत सार्वजनिकसँगै गायक राईले बैशाली लामालाई प्रतिबद्धता समेत पुरा गरेका छन् । भ्वाइस अफ नेपालबाट नकाउट चरणबाट बारिरिएपछि लामासँग एउटा डोउट गीत गाउने घोषणा गरेकाे समेत पुरा भएकाे छ ।

गायक राईले वैशाली लामालाई समेत नेपाली संगीतमा स्वागत गरेका छन् । उनले लेखेका छन्,‘ बहिनी बैसालीलाई सु–स्वागतम नेपाली संगीतमा, यो गित सक्दो सेयर गरिदिन आग्रह गर्दछु ।’

दार्जिलिङकी लामा बाहिरिएपछि सांगतिक कार्यक्रमको शिलशिलामा विदेशमा रहेको गायक राईले नेपाल चाँडै फर्किन्न लागेको बताउँदै नेपाल आएपछि गीत गाउन चाहेको बताएका थिए ।

भ्वाइसकी लामा भ्वाइस नेपाल सिजन २को नकाउन्ट चरणासम्म र ‘द भ्याइस अफ इन्डिया’को सिजन २ मा तेस्रो चरणसम्म पुगेकी थिइन् ।

यो पनि पढ्नुहोस्
द भ्वाइसबाट बाहिरिएकी वैशाली लामालाई राई इज किङले साथ दिने

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७