पूर्वडीआईजी नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी


१८ पुष २०७४, मंगलवार
nabraj silwal

काठमाडौं :   पूर्वडीआईजी नवराज सिलवाललाई काठमाडौं प्रहरी परिसरले पक्राउ गर्न पूर्जी जारी गरेको छ । nabraj silwalकार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्तापछि अनुसन्धानका लागि सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरिएको हो ।
परिसरले सांसद समेत रहेका सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्राचार गरेको छ । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि सिलवालले मन्त्रिपरिषदको निर्णय स्वीकार नगरि अदालत गएका थिए ।

 सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको थियो ।

उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि सिलवाल नेपाल प्रहरीको महानिरीक्षक बन्ने दौडमा थिए। तर कांग्रेस–माओवादी गठबन्धन सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गर्यो। सरकारी निर्णयका विरुद्ध सिलवाल सर्वोच्च अदालत गए। सर्वोच्चले चन्दको नियुक्ति बदर गरिदियो। तर चन्दको नियुक्ति बदर भएपनि सरकारले सिलवालको साटो प्रकाश अर्याललाई आइजिपी नियुक्त गर्यो। अर्यालको नियुक्तिले आफूलाई अन्याय परेको भन्दै सिलवाल फेरि अदालत गए।

लामो समय निर्णय हुन नसकेको सिलवालको मुद्दा केही दिनअघि सर्वोच्चले खारेज गरिदियो। सर्वोच्चमा मुद्दा खारेज भएपछि सिलवालले नेपाल प्रहरीको डिआइजीबाट राजीनामा दिएका थिए।

उनी राजिनामा दिएर ललितपुर ३ बाट  प्रतिनिधिसभा  चुनाव लडेर विजयी पनि भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७