ए डिभिजन लिगका दर्शकलाई विदेश भ्रमणकाे मौका !


९ पुष २०७६, बुधबार
football dasarath rangshala scaled

काठमाडौं, ९ पुष । एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगका दर्शकलाई आकर्षित गर्न पुरस्कार प्याकेज घोषणा गरेको छ । 


लिगको दुई चरण सकिँदासम्म दशरथ रंगशालामा दर्शक उपस्थिति न्यून भएपछि एन्फाले मंगलबार पुरस्कार प्याकेज सार्वजनिक गरेको हो ।

प्याकेजमा हरेक चरणको खेल सकिएपछि पाइने पुरस्कार र लिग सकिएपछि पाइने पुरस्कार छ ।
प्रतियोगिता सकिएपछि पाइने पुरस्कारमा राष्ट्रिय फुटबल टोलीसँग विदेश भ्रमण गर्ने मौका छ ।

साधारण प्यारापिटको २ सय रुपैयाँको टिकट किन्ने र भीआईपी प्यारापिटको ५ सय रुपैयाँको टिकट किन्ने गोलप्रथाबाट छानिएका १–१ जना दर्शकलाई त्यो अवसर प्रदान गरिने एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काले बताए ।

हरेक चरण सकिएपछि दिइने पुरस्कारमा २ सय टिकटवाला २० र ५ सय टिकटवाला ५ दर्शकलाई आकर्षक पुरस्कार प्रदान गरिने उनले बताए ।

यस्तै दुवैतर्फ टिकट काट्ने गोलाप्रथाबाट छानिएका दर्शकलाई विश्वकप छनोटअन्तर्गत अस्ट्रेलिया र नेपाल, चाइनिज ताइपेई र नेपालबीच हुने खेलको भीआईपी र साधारण प्यारापिटको टिकट पनि उपलब्ध गराइने छ । यसबाट अढाइ सय दर्शक लाभान्वित हुनेछन् ।

मंसिर २८ देखि सुरु भएको लिग फाल्गुन ३ सकिनेछ । लिगमा १४ वटा क्लबहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७