‘ज्योति फिल्मस म्युजिक एवार्ड’ फागुनमा


९ पुष २०७६, बुधबार
jyoti

काठमाडौं, ९ पुस । ज्योति फिल्मस् प्रोडक्सनले गीत र कलाकारको प्रोत्साहनका लागि आगामी फागुन १ गते ‘ज्योति फिल्मस म्युजिक एवार्ड’ कार्यक्रम गर्न लागेको छ  ।

विसं २०७५ वैशाख १ देखि पुस २० गतेसम्म बजारमा आएका गीत सङ्गीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान दिन लागिएको हो ।

स्थापित र नव प्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिने आयोजक प्रोडक्सनका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए  ।

आयोजकका अनुसार मनोनयनका लागि आवेदन फर्म खुला भइसकेको र पुस मसान्तसम्म फर्म भरिसक्न सबै सरोकार पक्षलाई आह्वान गरिएको छ  । सम्मान कार्यक्रममा दुई सञ्चारकर्मीलाई सम्मान समेत गरिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७