नविना लामाको चेतावनी, ‘अब सरकार विरुद्ध प्रतिरोध आन्दोलन सुरु गर्छौं’


१८ पुष २०७४, मंगलवार
nabina lama 2

काठमाडौं: नेकपा एमाले निकट अनेरास्ववियुकि अध्यक्ष नविना लामाले आज भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि र निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिक तर्फको परिणाम सार्वजनीक गर्न भएको विद्यार्थीको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्नु कायरतापूर्ण हस्तक्षेप भएको बताएकी छिन् ।

samik badal
केन्द्रिय उपाध्यक्ष महेश वर्तौला लाठि प्रहार गरी घाइते

मुल्य वृद्धि फिर्ता तथा समानुपातिक तर्फको परिणाम तत्काल सार्वजनिक गर्नुपर्ने माग गर्दै काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुसलाई नेपाल प्रहरीले हस्तक्षेप गरी कआफ्नो संगठनका केन्द्रिय उपाध्यक्ष महेश वर्तौला, महासचिव ऐन महर लगायतका दर्जनौं कार्यकर्ता माथि लाठि प्रहार गरी घाइते बनाएकोमा गम्भीस ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जानकारी गराएकी छिन् । विज्ञप्तीमा सम्पूर्ण घाइतेहुनु भएका साथिहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै अब सरकारले तत्काल राजिनामा नदिए देशैभर सडक आन्दोलन गर्ने र त्यसबाट उत्पन्न परिस्थितीको जिम्मा अहिलेको कठपुतलि सरकारले लिनुपर्ने बताएकी छिन् ।

अध्यक्ष लामाले भनिन् ‘नालायक, असक्षम देउवा सरकार राजीनामा दे । जनजिबिकाको पक्षमा लड्दै आएको सगँठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्विका बिरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको ज्यादति निन्दनीय छ। कमिसन खाने उदेश्यले हप्तै पिच्छे गर्ने मुल्यबृद्विले आमजनतामा पर्ने असरलाई अनेरास्ववियु टुलुटुलु हेरेर बस्न सक्दैन । आन्दोलनका क्रममा प्रहरी ज्यादतीका कारण घाइते हुनु भएका अखिलको उपाध्यक्ष क। महेश बर्तौला, महासचिव एन महर, शेखर बोहरा, राजकुमार महतरा लगायत घाइते साथीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषि उपर कडा भन्दा कडा कारबाहीको माग गर्दछु।तत्काल मुल्यबृद्वि फिर्ता नलिए आन्दोलनको आधिबेहरी श्रृजना हुनेछ र जनमत गुमाईसकेको देउवा सरकारलाई सडकमा ल्याउने चेतावनी दिन चाहन्छु । राज़लाई प्रजातत्र बुझाएको ज़स्तो ठनेको रु यो त हजारौ जनताको बलिदानीसंग लडेर ल्याएको हो त्यसैले अबको हाम्रो अन्दोलन तिम्रो कुर्सी ख़ाली गर्न बालूवाटर हुनेछ

वर्तमान सरकारले जनताको जनमतलाई लत्याउदै विभिन्न बहानामा सरकार टिकाई राख्ने, आफ्ना कार्यकर्तालाई विभिन्न निकायमा भर्ति केन्द्र बनाउने, नेता तथा कार्यकर्तालाई सरकारी पैसा वितरण गरी पैसाको खोलो बगाउने र देशलाई भ्रष्टचारको थलो बनाउने कामको घोर भत्सना गरेकी छिन् । अध्यक्ष लामाले भनिन ‘अहिलेको सरकार तथा निर्वाचन आयोग भारतको इसारामा चलेको र जनताद्वारा ल्याएको संविधान भारतलाई वेच्ने दुष्प्रयार गरिरहेको बताएकी छिन् ।nabina lama

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७