नवराज सिलवाल क्वालालाम्पुरको कार्यक्रममा


१८ पुष २०७४, मंगलवार
nawaraj silwal

 

काठमाडौं: पूर्वडीआईजी नवराज सिलवाललाई काठमाडौं प्रहरी परिसरले पक्राउ गर्न पूर्जी जारी गरेको छ । कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्तापछि अनुसन्धानका लागि सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरिएको हो ।nawaraj silwal
यसैबीच नवनिर्वाचित सांसद नवराज सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन् ।

सिलवालमाथि आज नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । उनि एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया गएको हो ।

एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले सिलवाल हाल फरार रहेको भनी कतिपय सञ्चार माध्यमले गलत सूचना प्रवाह गरेको दाबी गरे । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७