सिटी सेन्टर विन्टर फेष्टमा ग्राहकहरुलाई ८० प्रतिशत


९ पुष २०७६, बुधबार
city centre nepal

काठमाडौं, ९ पुस । काठमाडौंकोु कमलपोखरीमा रहेको सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ ।

विन्टर फेष्टको उपलक्ष्यमा ग्राहकहरुलाई ८० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।
युवा वर्गलाई लक्षित गरी ल्याइएको यस कार्यक्रममा मनोरञ्जनात्मक गेममा आकर्षक उपहार प्रदान गरिने सेन्टरले जनाएको छ । अनुप्रस्थ, प्mयुजन मन्त्र, मेलोडिक किज, रागमानी तथा जिंगल बेल्स जस्ता चर्चित ब्याण्डहरुको लाइभ प्रस्तुती विन्टर फेष्ट भरी जारी रहने सिटी सेन्टरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७