खोटाङको हलेसीमा भीषण आगालागी, अझै नियन्त्रण बाहिर


१८ पुष २०७४, मंगलवार
khotang agalagi 4
khotang agalagi 4
तस्बिर : बिनादेवी रार्इकाे फेसबुकबाट

काठमाडौं : खोटाङको  हलेसी तुवाचुङ नगरपालिकामा भीषण आगालागी भएको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा आगालागी मंगलबार साँझ करिब साँढे ७ बजेदेखि शुरु भएको  नगरका कार्यकारी अधिकृत अनिल किराती जानकारी दिए । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले अहिले भीषण रुप लिएको छ ।

आगलागीबाट उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राईलगायतको घर नष्ट भइसकेको घटनास्थल खटिएको प्रहरीले जनाएको छ ।  भान्छामा प्रयोग गरिने ग्याँस पड्किएपछि सल्किएको आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।

आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिकाबाट दमकल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिए ।

दिक्तेलबाट दमकल आइपुग्न कम्तिमा दुई घण्टा लाग्ने भएकाले आगोले ठूलो क्षति हुने अनुमान गरिएको छ । बाक्लो बजारबाटै आगलागी शुरु भएकाले हलेसीवासीमा त्रास फैलिएको स्थानीय सन्देश राईले बताए।

आगो नियन्त्रण गरेर बजार जोगाउनका लागि छेउका घर र छानो भत्काउने काम भइरहेको छ । अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

khotang agalagi 5khotang agalagi 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७