९ करोड ठगीको आरोपमा घनश्याम श्रेष्ठ पक्राउ


९ पुष २०७६, बुधबार
ghanashyam shrestha scaled

मोरङ, ९ पुस । मोरङको बेलबारीका २ सय ५० बढी स्थानीयहरु सँग ब्याजको प्रलोभन देखाएर ९ करोड भन्दा बढी रकम ठगी गरेर फरार भएको आरोपमा सुन व्यवसायी घनश्याम श्रेष्ठ पक्राउ परेका छन् ।

 रुपैयाँ भन्दा बढी रकम ठगी गरी फरार बेलबारीका घनश्याम श्रेष्ठ सुनसरीको ईटहरीबाट पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार घनश्यामलाई मङ्गलवार इटहरीबाट श्रेष्ठ पक्राउ गरेकाे प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर गुणराज बुढाथोकीले बताएका छन्।

SnapShot25 1
बिरुद्ध प्रर्दशन

महँगो ब्याजको प्रलोभन देखाएर २ सय ५० भन्दा बढी स्थानीयको ९ करोड भन्दा बढी रकम फरार भएको स्थानीयबासीले बताए ।

बेलबारीका ऊँ कृष्ण सुनचाँदी पसल र हार्डबयर पसल सञ्चालन गर्दै आएका उनले ब्याजको प्रलोभन देखाएर स्थानीयको करोडौँ रकम ठगेका थिए ।

मंसिर मसान्तमा समेत रकम फिर्ता नभएपछि पिडितहरुले श्रेष्ठको घरमा ४ दिन धर्ना दिनुका साथै श्रेष्ठ परिवारका बिरुद्ध प्रर्दशन गरेका थिए ।

SnapShot26 1 1
बेलबारीका स्थानीय पीडित व्यक्ति रमेश सिंह

घनश्यामले मजदुरी गर्ने सामान्य परिवारबाट पनि २५ लाख सम्म ब्याजमा रकम लिएका छन् । बेलबारीका स्थानीय पीडित व्यक्ति रमेश सिंह भन्छन्, ‘सालोको पैसा घर बनाउँदा सामाग्री दिने सर्तमा मूल्य बढ्छ भनेर भाकामा दाम काटिराखेको थिए, पैसा फिर्ता दिनु भन्दा आजभोलि भन्दा भन्दै एक वर्ष बित्यो । अहिलेसम्म घनश्यामले पैसा दिएको छैन ।’ आफ्नो सबै सम्पत्ति विक्री गर्दा पनि सालोको पैसा तिर्न नसक्ने पीडित सिंह बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७