सिद्धार्थ बैंकको सात शाखाको औपचारिक उद्धघाटन


९ पुष २०७६, बुधबार
83921435f1ef328bb3391d2dd9bd429e w1000 h500 cp 1

काठमाडौं, ९ पुष । सिद्धार्थ बैंकले सात शाखाको औपचारिक उद्धघाटन गरेको छ।

बैंकले मंगलबार सप्तरीस्थित राजविराज शाखा, कल्याणपुर शाखा, सुनसरीस्थित इनरूवा शाखा, मोरङस्थित महेन्द्र चोक शाखा, कञ्चनबारी शाखाको औपचारिक उद्धघाटन गरेको हो।

त्यसैगरी, बुधबार दमकस्थित राजमार्ग शाखा र मोरङस्थित पथरी शाखको औपचारिक उद्धघाटन गरिएको छ। बैंकको राजविराज शाखाको उद्धघाटन नेपाल उद्योग वाण्जिय महासंघ सप्तरीका अध्यक्ष अरूण प्रधान, कल्याणपुर शाखाको खडग नगरपालिकाका उपमेयर यासमिंन सुल्तान र इनरूवा शाखाको उद्धघाटन इनरूवा नगरपालिकाका मेयर राजन मेहताले गरे।


साथै महेन्द्र चोक शाखा र कञ्चनबारी शाखाको उद्धघाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले, राजमार्ग शाखाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले र पथरी शाखाको नेपाल उद्योग वाणिज्य महासंघ पथरीका अध्यक्ष दीपक बस्नेत र पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले संयुक्त रुपमा गरे।

बैंकले राजविराज शाखा २०७५ असोज ४ गते, कल्याणपुर शाखा गत कात्तिक १५ गते, इनरूवा शाखाको भदौं ३० गते, महेन्द चोक शाखा मंसिर २ गते, कञ्चनबारी शाखा वैशाख १६ गते, राजमार्ग शाखा गत वैशाख १६ गते र पथरी शाखा वैशाख ३१ गते नै स्थापना गरी कारोबार गर्दै आएको थियो।

बैंकले देशभर १७६ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित०, १०१ शाखारहित बैंकिङ सेवा, १९७ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनमार्फत् सेवा दिदैं आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७