रहेनन् पूर्वसचिव शान्तबहादुर श्रेष्ठ


१० पुष २०७६, बिहीबार
Santa bahadur shrestha

काठमाडौं, १० पुष । पूर्व सचिव शान्तबहादुर श्रेष्ठको ५९ वर्षको उमेरमा निधन भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।


श्रेष्ठलाई निमोनिया भएको थियो । निमोनियापछि उनलाई उपचारका लागि बुधबार अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा बिहीबार उनको निधन भएको हो ।


अस्पतालको आईसियुमा उपचारकै क्रमम उनको निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।


श्रेष्ठ २०४९ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । श्रेष्ठले स्वास्थ्य सचिव, स्थानीय विकास सचिव र शिक्षा सचिवको रुपमा पाँच वर्ष काम गरेका थिए ।


सचिव हुनु अघि उनी आन्तरिक राजस्व विभागका महानिर्देशक थिए। कर अधिकृत हुँदै महानिर्देशक भएका थिए । सचिवबाट रिटायर्ड भएपछि कालीगण्डकी बचाउन अभियानको अभियन्ताको रुपमा काम गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७